
My Gazal & Poems
I have written some poems and gazals in the Nepali language and i hope you all injoy to read this.

गजल: देशको लागि केही गर्न चाहन्छु
नेपालमा जन्मे नेपालमै मर्न चाहन्छु
म आफ्नो देशको लागि केही गर्न चाहन्छु
अन्याय र अत्याचार विरुद्ध लड्न चाहन्छु
म आफ्नो देशको लागि केही गर्न चाहन्छु
देशको स्वाधीनता जोगाउन अगाडि बढ्न चाहन्छु
देशको लागी छातीमा गोली खाएर मर्न चाहन्छु
देशको विकासमा सानो योगदान गर्न चाहन्छु
राम्रो काम गरेर जनताको दिलमा उतर्न चाहन्छु
जनताको सबै दुःख र पीडाहरुलाई हर्न चाहन्छु
जनताको लागी छातीमा गोली खाएर मर्न चाहन्छु
म आफ्नो देशको लागि केही गर्न चाहन्छु
नेपालमा जन्मे नेपालमै मर्न चाहन्छु
देशमा सुख र शान्तिको बीउ छर्न चाहन्छु
सुख र शान्तिले देशको ढुकुटी भर्न चाहन्छु
सीता र गौतम बुद्ध जन्मेको देश हो मेरो
तिनले देखाएको बाटोमै अघि सर्न चाहन्छु
नेपालमा जन्मे नेपालमै मार्न चाहन्छु
म पनि आफ्नो देशको लागि केही गर्न चाहन्छु
लेखक:- राकेश मण्डल ठेगाना:- सुन्वर्षी -८,डाइनिया,मोरङ्ग
कविता: सपनाको सहर
अब न कसैले पाउँने आस छ,
न कसैलाई गुमाउने डर
मेटाई सके मैले आफनो
मनको सबै रहर
सजाएको थिए जुन सपना मैले,
तिमि संगै बसाउने घर
जलिसक्यो मेरो त्यो सपनाको सहर
अब न कसैले पाउने आस छ,
न कसैलाई गुमाउने डर
मेटाई सके मैले आफनो ,
मनको सबै रहर,
अमृत जस्तो मेरो मायालाई,
सम्झयौ तिम्ले जहर
खोजे जास्तैं भेटोस् तिमलाई,
म भन्दा धेरै माया गर्ने वर
हिजो सम्म तिम्रो खास हुने मान्छे म
आज बकवास भए ,
कति बदलिएछ हेर तिम्रो नजर
अब न कसैले पाउँने आस छ,
न कसैलाई गुमाउने डर
मेटाई सके मैले आफनो,
मनको सबै रहर।
लेखक : राकेश मण्डल
ठेगाना: सुनवर्षी-८ डाईनिया (मोरङ)
गजल:किन उसको चिन्ता गर्छौ तिमी
जसलाई तिम्रो वास्तै छैन,
किन उसको चिन्ता गर्छौ तिमी
जो तिम्रो साथ दिनै चाहदैन
किन उसको भर पर्छौ तिमी
जसले तिमीलाई कहिले याद गर्दैन
किन उसलाई याद गर्छौ तिमी
जोसँग तिम्रो लागि समय नै छैन
किन उसको लागि समय बर्वाद गर्छौ तिमी
नगर कसैलाई एकतर्फि माया
एकतर्फी मायामा जिउँदै मर्छौ तिमी
जसको साथमा हिँड्न चाहन्छौ
उसकै खुट्टामा अल्झेर लड्छौ तिमी
पूरा भएको छैन यहाँ साँचो प्रेम कसैको
थाहा हुन्छ जब प्रेम कहानी पढ्छौ तिमी।
लेखक:राकेश मण्डल
ठेगाना: सुन्वर्षी ८ डाईनिया मोरङ्ग